Shikhar Insurance
National Life

नयाँ सारथी लघुवित्तको निमित्त सीईओ बने सरोज घिमिरे

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मा सरोज घिमिरेले पाएका छन् । सीईओ रामबहादुर खड्काले पदबाट राजीनामा दिएपछि नायव प्रमुख कार्यकारी घिमिरेलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो ।

खड्काले घरायसी कारण देखाउँदै राजीनामा दिएका थिए । मंसिर १७ बसेको लघुवित्तको सञ्चालक समिति बैठकले पुस १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सञ्चालक समितिको बैठकले घिमिरेलाई मंसिर १८ गतेदेखि मंसिर ३० गतेसम्मका लागि प्रमुख कार्यकारीको अधिकार र जिम्मेवारी प्रयोग गर्ने गरी निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्