काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिएको छ । असोज महिनाबाट सुरू जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम संचालन भइसकेको छ ।
यसै सिलसिलामा हेटौंडा, दमौली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न भएको छ । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौंडा क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो ।
यसैगरी स्याङ्जाको भिरकोट स्थित भु.पु. सैनिक कम्यूनिटि एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा संचालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेको तथा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिए । दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गर्यो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जी सि र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिए ।
कम्पनीले मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको छ । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य वीरेन्द्र बहादुर साही र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पारे ।
प्रतिक्रिया दिनुहोस्