Shikhar Insurance
National Life

संरक्षण र दिगो विकासको लागि सार्वजनिक–निजी–सामुदायिक साझेदारी, २५ हजार टिमुरका विरुवा रोपिने

सिंहदरबार संवाददाता
२०७८ मंसिर १८, शनिबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । इसिमोड, डाबर नेपाल प्राली र तालकोल्ला सीएफयुजीबीच त्रिपक्षिय सम्झौता भएको छ । इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, डाबर नेपालका बिजनेश प्रमुख हरकीरत सिंह बेदी(नेपाल र म्यानमार) ले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा इसिमोडका रणनीतिक सहयोग निर्देशक बसन्त राज श्रेष्ठ, डाबर नेपालको मेडिसिनल प्लान्ट प्रमुख अरविन्द रानाको पनि उपस्थिति थियो ।

समझदारीले बैतडी जिल्लामा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम गर्ने अपेक्षा गरिएको छ । भौगोलिक र हावापानीका हिसाबले बैतडी जिल्लामा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह(सीएफयुजी, डाबर नेपाल र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पहरुलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्