Shikhar Insurance
National Life

मौद्रिक नीति समीक्षा प्रभावः ५ साता अगाडिको बिन्दुमा नेप्से

सिंहदरबार संवाददाता
२०७८ मंसिर १६, बिहीबार ०५:११
Hyundai
NCELL
NIMB

काठमाडौं । मौद्रिक नीति समीक्षा नहुँदै सेयर बजारले गुमाएको धैर्यता बिहीबार पनि देखिएको छ । समीक्षामार्फत् सेयर धितोमा ४/१२ को नीति परिमार्जन हुने अपेक्षा गरेकामा त्यसो नहुँदा नेप्से घट्दो क्रममा छ ।

मंसिर १० गते समीक्षा आएदेखि निरन्तर घटिरहेको नेप्सेमा यसबीचमा १४५.५९ अंकको गिरावट आइसकेको छ । नेप्से परिसूचकमा गिरावट आउने क्रमले बिहिबार पनि निरन्तरता पाएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक ४९.०४ अङ्कले गिरावट आई २५८४.६१ मा ओर्लेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से २६ अंक मुनि अर्थात् ५ साता अगाडिको स्थितिमा आइपुगेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल २३१ कम्पनीको ७९ लाख ३२ हजार सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार रूपैयाँमा खरिद बिक्री भए ।
सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख ४० हजार बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लागेको छ । कारोबारका आधारमा बिहीबार पनि महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो । बैंकको रु १२ करोड ४३ लाख ३९ हजार ३०६ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार सामालिङ पावर ९.९९, न्यादी हाइड्रोपावर ९.९८, महिला लघुवित्त ८.५०, नेपाल एसबिआई बैंक १.६९ र सबैको लघुवित्तका लगानीकर्ताले १.६० प्रतिशतले कमाए । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक ६.८०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.७५, शिवश्री हाइड्रोपावर ५.५७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.४१ र गुडविल फाइनान्सका लगानीकर्ताले ५.३९ प्रतिशतले गुमाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्