Skip to content
Shikhar Insurance
National Life

दोस्रो बजारमा गुमाएका लगानीकर्तालाई सुनौलो अवसर, ७ अर्बको आईपीओ आउँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय नेप्से इन्डेक्स लगातार ओरालो लागिरहेको छ । ओरालो लागेको सेयर बजारमा लगानीकर्ताले करोडौं गुमाइसकेका छन् ।

दोस्रो बजारमा करोडौं गुमाएका लगानीकर्ताका लागि प्राथमिकता बजारमार्फत कमाउने अवसर आइरहेको छ । नेपाल धितोपत्र बोर्डले २५ वटा कम्पनीलाई साधारण सेयर (आईपीओ) को स्वीकृत दिएमा सेयर बजारमा अहिले गुमाएको पैसा प्राथमिक बजारमार्फत फिर्ता ल्याउन सकिने मौका लगानीकर्तालाई हो ।

अहिले बोर्डमा २५ वटा कम्पनीको आईपीओ पाइपलाइनमा छन् । यी कम्पनीहरुले ६ अर्ब ९० करोड ७६ लाख ४ सय रुपैयाँ बराबरको ६१ करोड ३५ लाख ६ हजार ४ कित्ता आईपीओ जारी गर्न ठीक्क का लागि बोर्डमा आवेदन दिएका हुन् ।

आईपीओको आवेदन दिने १५ वटा जलविद्युत कम्पनी, ६ वटा माइक्रोफाइनान्स, २ वटा इन्स्योरेन्स कम्पनी र २ वटा अन्य कम्पनीहरुले आईपीओ जारी गर्न बोर्डमा आवेदन दिएर स्वीकृतीको आशामा छन् ।

यी कम्पनीहरुले दिएको आवेदनमा बोर्डले ११ वटाको आवेदन अन्डर प्रिलिमिनरी रिभ्युअन्तर्गत, ६ वटाको रिभ्यू एण्ड कमेन्ट अन्तर्गत र ८ वटा कम्पनीको रिप्लाइ एण्ड रिभ्युमा छन् ।

पाइपलाइनमा कुन कम्पनीको कति आईपीओ ?
बोर्डमा मंसिर १३ गतेसम्म आवेदन दिएका कम्पनीहरुमा अन्डर प्रिलिमिनरी रिभ्युमा ११ वटा कम्पनी छन् । जसमा सयपत्री हाइड्रोपावरको ९ करोड रुपैयाँ, इमर्जिङ नेपालको ५ करोड ५६ लाख रुपैयाँ, मैलुङ्ग हाइड्रोको ३५ करोड ३१ लाख रुपैयाँ, रिलायबल लाइफ इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख रुपैयाँ र थ्रीस्टार हाइड्रोको १२ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ पाइपलाइनमा छ ।

साथै, राप्ती हाइड्रोको २९ करोड ४१ लाख रुपैयाँ, सीवाईसी नेपाल लघुवित्तको ३ करोड ९५ लाख रुपैयाँ, अर्दश लघुवित्तको ६० लाख रुपैयाँ, स्वेत गंगा हाइड्रो पावरको ४७ करोड ७९ लाख रुपैयाँ र सिक्लेस हाइड्रोको २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति माग्दै बोर्ड पाइपलाइनमा बसेको छ ।

यसैगरी डिस होम मिडियाको २३ करोड ८५ लाख रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सको ६० करोड रुपैयाँ, जाल्पा समुदायिक लघुवित्तको २ करोड ६६ लाख रुपैयाँ, उपकार लघुवित्तको २ करोड ६६ लाख रुपैयाँ, राष्ट्र उत्थान लघुवित्तको ८ करोड ५० लाख रुपैयाँ र रिभर फल्स पावरको ३४ करोड ३० लाख रुपैयाँ बराबरको आईपीओ रिभ्यू एण्ड कमेन्ट दिएर बोर्डले पठाएको छ ।

https://singhadarbar.com/post/28071/?fbclid=IwAR2Ckgm6rzs_zyDFMDZY052a45DEoFgZuEikZdV5T03uNKbQWyExw0fXvuQ

आइपीओको आवेदन दिएर बसेको कम्पनीहरुकमध्ये ८ वटा कम्पनीको आवेदनमा बोर्डले रिप्लाइ एण्ड रिभ्यू गरेको छ । जसमा बिन्दवासिनी हाइड्रोको २५ करोड रुपैयाँ, हिमालयन हाइड्रोको २२ करोड २५ लाख रुपैयाँ, बलेफि हाइड्रोको ३६ करोड ५५ लाख रुपैयाँ, ग्रिन हाइड्रो भेञ्चर कम्पनीको ६२ करोड ५० लाख रुपैयाँ, नेस्डो समृद्धि लघुवित्तको ८ करोड २८ लाख रुपैयाँ, दोर्दी खोला हाइड्रोको २९ करोड ५१ लाख रुपैयाँ, अप्पर सोलु हाइड्रोको ३३ करोड ७ लाख रुपैयाँ र अप्पर हेवाखोला हाइड्रो कम्पनीको २० करोड रुपैयाँ बराबरको आईपीओ छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्