Shikhar Insurance
National Life

आज पनि नेप्सेले देखाएन लयः सेयर बजारलाई भएको के हो ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १५:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानीकर्ता नेताहरू सेयर धितो कर्जामा ४/१२ को सीमाको प्रभाव नपर्ने र नेप्से घटेर २६ सय अंकमा आइपुग्दा अझै घट्ने ठाउँ छैन भनिरहँदा सेयर बजारले लय समात्न सकेको छैन ।

३२ सय अंकमा पुगेर फर्किएको नेप्से परिसूचक मौद्रिक नीतिको पहिलो त्रैमासपछि फर्कने आश गरिएको थियो । तर, अपेक्षाकृत नीति समीक्षा नआएपछि लगाकर्ताको भावना बौरिन सकेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजारले ४/१२ को सीमा बजारले पचाइसकेको केही ठूला लगानीकर्ताहरूले बताइरहँदा व्यवहारमा भने त्यसो देखिन सकेको छैन ।

शुक्रबार मौद्रिक नीति समीक्षा आएकामा आइतबार भारी अंकले नेप्से घटेको थियो । घट्ने क्रमले सोमबार र मंगलबार पनि निरन्तरता पाएको छ ।

लगानीकर्ता नेता तथा उम्दा खेलाडीहरूले समेत नेप्से घटेर तल्लो बिन्दुमा आइसकेकाले सेयर किन्ने समय हो भनिरहेका छन् । तर, मंगलबारको बजारमा कारोबार रकम पनि निकै कम छ ।

घटेको सेयर बजारमा पनि यसरी गर्न सकिन्छ नाफा : उम्दा सेयर खेलाडीहरुको टिप्स

मंगलबार नेप्से परिसूचक १.६४ अंकले ऋणात्मक बन्दा बजारमा ३ अर्ब ८ करोड रूपैयाँको मात्र सेयर किनबेच भए ।

परिसूचक घटेर २६२८.३७ अंकमा पुग्दा बजारमा ८६ कम्पनीको सेयर मुल्य घटे । ८९ कम्पनीको सेयर मूल्य बढ्दा पनि नेप्से बढ्न सकेन । कारोबार सुरू हुँदा र बन्द हुने बेला बढ्ने प्रयत्न गरेपनि परिसूचक धनात्मक हुन सकेन ।

GBIME

प्रतिक्रिया दिनुहोस्