Shikhar Insurance
National Life

पैसा नहुने बैंकहरूलाई १ अर्ब बढी सापटी दिँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले पैसा नहुने बैंकहरूलाई १ अर्ब रूपैयाँ भन्दा बढी सापटी दिने भएको छ । केन्द्रीय बैंकले आफूसँग भएको १ अर्ब १० करोड ७८ लाख रूपैयाँ बोलकबोलमार्फत् बैंक तथा वित्त कम्पनीमा निक्षेप राख्न लागेको हो ।

मंगलबार सार्वजनिक सूचनामार्फत् बोलकबोल आह्वान गर्दै राष्ट्र बैंकले यो रकम १ वर्षिय मुद्दती निक्षेपमा लिन चाहने बैंकहरूलाई ब्याजदर प्रस्ताव गर्न भनेको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले मंसिर १७ गते भित्र ब्याजदर प्रस्ताव गरिसक्नु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले आफूसँग रहेको पैसामध्ये वाणिज्य बैंकलाई ८८ करोड ६४ लाख, विकास बैंकलाई १६ करोड ६१ लाख र वित्त कम्पनीलाई ५ करोड ६३ लाख रूपैयाँ निक्षेपमा राख्न भनेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्