Shikhar Insurance
National Life

आज देशभर मौसम बदली, भोलि हिमपात सहित वर्षाको सम्भावना

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । आज देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक / दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात सम्भावना पनि रहेको महाशाखाले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्