Shikhar Insurance
National Life

भिम रावलले भनेः एमालेको केन्द्रिय सदस्य बन्दिन

सिंहदरबार संवाददाता
२०७८ मंसिर १४, मंगलवार ०९:५८
Hyundai
NCELL
NIMB

चितवन । नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिएका नेता डा. भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा मङ्गलबार बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् ।

निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्य भने नबस्ने नेता रावलको भनाइ थियो । रावल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा पराजित भए आफू केन्द्रीय समितिमा नरहने उनले घोषणा गरे । अध्यक्ष ओलीले सोमबार मध्यराति सर्वसम्मतिका लागि भन्दै सार्वजनिक गरेको ३०१ जनाको सूचीमा रावलको नाम केन्द्रीय सदस्यमा राखिएको थियो । उनले विद्युतीय भोटिङ मेसिनमा आफ्नो नाम रहेको भन्दै त्यसमा आफ्नो उम्मेदवारी नरहेको प्रष्ट पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पारे । रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताए । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्