Shikhar Insurance
National Life

उद्योगी मोती दुगड बने एमालेको केन्द्रीय सदस्य

सिंहदरबार संवाददाता
२०७८ मंसिर १३, सोमबार १५:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योगी मोतीलाल दुगड नेकपा एमालेको केन्द्रीय सदस्य बनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको आर्थिक व्यवस्थापक मानिने दुगड निर्बिरोध केन्द्रीय सदस्य बनेका हुन् ।

दुगडलाई ओलीका लागि धनको जोहो गरिदिने व्यक्ति मानिन्छन् र ओलीले पनि उनलाई माया गर्दै आएका छन् । ओलीले आफ्नो व्यक्तिगत अधिकार उपयोग गर्दै दुगडलाई सदस्य बनाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुगडले ५ सय उद्योगीलाई एमाले प्रवेश गराउने घोषणा गरेका थिए । जसमध्ये ओली प्रधानमन्त्री भएका बेला १ सय ३५ उद्योगीलाई ओलीको हातबाट टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

ओलीले दुगडलाई उद्योग राज्य मन्त्री बनाएका थिए । पछि मन्त्रीसरहको स्ट्याटस दिएर उनलाई प्रधानमन्त्रीको प्रमुख आर्थिक सल्लाहकार बनाइएको थियो । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रिलाई लाइसेन्स दिलाउन दुगडले महत्वपूर्ण भुमिका खेलेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्