काठमाडौं । साताको दोस्रो दिन पनि नेप्से परिसूचक ऋणात्मक भएर बन्द भएको छ । आइतबार ८० अंकले घटेको नेप्से परिसूचकले सोमबार पनि सोही लय लिएको हो ।
४/१२ को नीति र सीडी रेसियोमा नेपाल राष्ट्र बैंकले सहुलियत नदिएपछि प्यानिक भएका लगानीकर्ता सस्तोमा सेयर बेच्न तयार भएपछि नेप्से घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको हो ।
सोमबार कारोबारमा आएका १ सय २२ कम्पनीको सेयर मूल्य घट्दा नेप्से २१.५१ अंकले घटेको छ । ०.८१ प्रतिशत घटेर बजार परिसूचक २६२९.९८ अंकमा पुगेको छ ।
दिउँसो १ बजेसम्म धनात्मक रहेको नेप्से त्यसता निरन्तर ओरालो लागेर ऋणात्मक भएको हो ।
प्रतिक्रिया दिनुहोस्