काठमाडौं । लक्ष्मी लघुवित्तले आफ्ना ग्राहकलाई बेमौसमी तरकारी खेती, व्यवसायिक च्याउ खेती तथा बाख्रापालन तालिम प्रदान गरेको छ । लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित संस्थाले कास्कीको ढिकुरपोखरी, लमजुङको भोर्लेटार तथा गोरखाको बास्कोट गरी ३ वटा शाखामा आवद्ध ग्राहकहरुलाई सो तालिम प्रदान गरेको हो ।
मंसिर ०२ गते देखि ०९ गते सम्म सञ्चालन भएको तालिममा व्यवसाय उन्मुख ६४ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो । ग्राहक सदस्यहरुको सिप र क्षमता अभिवृद्धि गर्ने हेतुका साथै परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्ने उद्धेश्यले उक्त तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
तालिम कार्यक्रममा उपस्थित स्थानीय पदाधिकारीहरुले तालिमको माध्यमबाट कृषकहरुलाई सफल उद्यमी बनाउन मद्धत पुग्ने र ग्राहकहरुले तालिम पश्चात सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषि विशेषज्ञ) ओम प्रकाश भुसालले गरेका हुन् ।
लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण, ट्यावलेट बैकिङ्ग र लक्ष्मी लघुवित्त स्मार्ट एप सुविधा संगै महिलाहरुलाई उद्यमशीलताको माध्यमबाट महिला सशक्तिकरणमा टेवा पु¥याउने उद्धेश्यले क्षमता अभिवृद्धि तथा सीप विकास सम्बन्धी तालिमहरु सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्