Skip to content
Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकलाई आइएसओबाट २७००१ः२०१३ प्रमाणपत्र

Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले आइएसओबाट २७००१ः२०१३ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले अन्तर्राष्ट्रियस्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं आईएसओबाट मान्यता प्राप्त मापदण्डको प्रमाणपत्र प्राप्त गरेको हो ।

सो प्रमाणपत्र बैंकले ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता एवं त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत प्राप्त गरेको हो । बैंकलाई क्वालिटि अष्ट्रियासँग आबद्ध सर्टिफिकेटिक इन्फरमेशन शेक्युरिटि सर्भिसेज जीएमबीएच सो प्रतिष्ठित प्रमाणपत्र प्रदान गरेको हो ।

जसले गर्दा बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ ।

बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
हालसम्म २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खातामार्फत ग्राहकमाझ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्