Shikhar Insurance
National Life

अर्थतन्त्रको हीत होस् भन्ने असल मनसायले ४/१२ नीति ल्याएका हौं, त्यसैले परिमार्जन गरेनौं: राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर १०, शुक्रबार १०:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रसमेत समस्त अर्थतन्त्रको हीत होस् भन्ने उद्देश्यले सेयर धितो कर्जामा ४/१२ को नीति ल्याएको बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो बताएको हो ।

समीक्षामा यो विषयमा सहुलियत दिने व्यवस्था उल्लेख भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मौद्रिक नीति समीक्षाः यसकारण हट्दैन सेयर कर्जामा ४/१२ नीति र सीडी रेसियो

यस विषयमा केन्द्रीय बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकाल भन्छन्, “हामीले कुनै नीति ल्याउँदा त्यसको दीर्घकाल प्रभाव हेरेर ल्याउँछौं, समस्त अर्थतन्त्रलाई हित हुने देखेर ४/१२ को व्यवस्था गरियो । असल मनसायले, असल अभ्यासका ल्याएका थियौं । समीक्षामा नभएका व्यवस्थाबारे यतिमात्र भनौं ।” साँच्चिकै पुनरावलोकन गर्नुपर्ने अवस्था नहुन्जेल पुनरावलोकन नगरिने चर्चा उनले गरे ।

बैंकको कर्जालाई निश्चित दिशातर्फ ल्याउन र सबै क्षेत्रमा सन्तुलित कर्जा प्रवाह होस् भन्ने राष्ट्र बैंकको उद्देश्य रहेको उनको भनाइ छ ।

यस्तो आयो मौद्रिक नीति समीक्षा (पूर्णपाठ)

GBIME

प्रतिक्रिया दिनुहोस्