काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
घोषित लाभांशमध्ये बैंकले ११ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । उक्त लाभांश नेपाल राष्ट्र बै्रंकको स्वीकृतपछि बैंकको वार्षिक साधारण सभाले परित गरी वितरण हुनेछ ।
हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ। ११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्