Skip to content
Shikhar Insurance
National Life

प्रधानमन्त्रीले भने-देश चलाउन पैसा छैन, जनतामा कर तिर्ने संस्कृति नै रहेन

Hyundai
NCELL
NIMB

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसा नभएको स्वीकार गरेका छन् । प्रधानमन्त्री खानले देश चलाउन सरकारसँग पैसा नभएको र देश क्रमशः ऋणमा डुब्दै गएको स्वीकार गरेका हुन् ।

राजधानी इस्लामावादमा आयोजित एक समारोहमा खानले जसरी घर चलाउन खर्च धेरै आम्दानी थोरै हुँदा समस्या आउँछ त्यस्तै हाल पाकिस्तानको पनि भैसकेको बताए ।

प्रधानमन्त्री खानले भनेका छन्–‘हाम्रो सबै भन्दा ठूलो समस्या यो हो की देश चलाउन जति पैसा चाहिने हो त्यति हामीसँग छैन, त्यसकारण हामी ऋण लिईरहेका छौं । उनले भविष्यका लागि बचत र लगानीको सवालमा पाकिस्तान पछाडी पर्न थालिसकेको पनि बताए ।

उनले भने–‘पाकिस्तानमा कर संस्कृति कहिल्यै बनेन, कर छली खराब कुरा हो, यो मानिसहरु सम्झिदैनन्, मैले यो विषयमा सोँचे कि आखिर पाकिस्तानमा कर तिर्ने संस्कृतिको विकास किन भएन ?’

उनले देशको ऋण चार गुणा बढेको पनि बताए । पाकिस्तानले चुरोट।खैनी, चीनी, सिमेन्ट र फलाममा ट्रयाक एण्ड ट्रेस प्रणाली लागु गरेर कर बढाउन सुरु गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्