Shikhar Insurance
National Life

एसबिआइले घोषणा गर्यो वाणिज्य बैंकहरुमध्येमा सबैभन्दा कम लाभांश

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबिआई बैंकले लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.३१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घोषित लाभांशमा ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश रहेको छ । बैंकद्वारा घोषित उक्त लाभांश हालसम्म वाणिज्य बैंकहरुले घोषणा गरेमध्येमा सबैभन्दा कम हो ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको निर्णयले घोषित सो लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको साधारण सभाबाट परित भएर वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्