Shikhar Insurance
National Life

“स्रोत/पुँजीको अभाव र बजारको समस्या हैन, अभाव नेतृत्वमा व्यवस्थापकीय क्षमताको हो”

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक नेतृत्वमा व्यवस्थापकीय क्षमताको अभावका कारण देश विकासमा पछि परेको औंल्याएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको जर्नल सार्वजनिक तथा पत्रकार सम्मान कार्यक्रममा मन्त्री शर्माले व्यवस्थापकीय कला र क्षमताको विकास गरियो भने चौतर्फी विकास सहज भएको बताएका हुन् ।

“हामीसँग साधन स्रोतको कमी होइन, पुँजीको अभाव पनि होइन, बजारको समस्या पनि होइन,” शर्माले भने, “केबल हामीसँग छ त व्यवस्थापनको समस्या देखिन्छ । राजनीतिक नेतृत्वमा पनि यो समस्या छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारले निजी क्षेत्रबाट व्यवस्थापकीय ज्ञान सिक्नुपर्ने बताए । “सरकारको संरक्षणमा नै रहेको नेपाल आयल निगम जस्तो संस्था घाटामा जान लाग्यो भनेर कोलाहल मच्चिएको छ । तर, निजी क्षेत्रमा त्यस्तो समस्या आएको छैन । किन यस्तो हुन्छ ?” अर्थमन्त्री शर्माको प्रश्न छ ।

अर्थतन्त्रको पुनरुत्थान तथा आर्थिक विकासमा सार्वजनिक निजी क्षेत्रको साझेदारी तथा निजी क्षेत्रको सहभागिता महत्वपूर्ण रहँदै आएको उनले बताए । मन्त्री शर्माका अनुसार निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा सरकार सचेत छ र कहाँकहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । “मैले त्यो गम्भिरतापुर्वक लिएको छु,” शर्माले भने, “निजी क्षेत्र आर्थिक उत्थानमा अर्थतन्त्रको विकासको साझेदारीमा अग्रसर रहनुपर्छ ।”

बजेटको कुरा गर्दै उनले अर्थतन्त्र सानो आकारको भएको बताए ।
“हाम्रो पुँजी निकै सानो आकारको छ । यसले सामाजिक आर्थिक, पूर्वाधारका क्षेत्र, स्वास्थ्य शिक्षाको क्षेत्रको विकासका लागि अर्थतन्त्र विकासमा जोड दिनुपर्नेछ,” शर्माले भने, “यसका लागि निजी क्षेत्रको अहम भूमिका रहन्छ ।” शर्माले नेपालले हामी छिटो प्रगति गर्नुपर्ने र आर्थिक उत्थान गर्नुपर्ने संवृद्धि गर्नुपर्ने चुनौती रहेको पनि औंल्याए ।

विकासका लागि सरकारले निजी क्षेत्रलाई केही पाटो दिने दिने तयारी भइरहेको उनले बताए । उनको प्रश्न छ, “तीब्र विकासका लागि निजी क्षेत्रले सडक, पूर्वाधार किन नबनाउने ?”

मन्त्री शर्माले पत्रकार निरस नै हुनुपर्ने बताए । शिलाजितसँग तुलना गर्दै उनले भने, “सबैमा रस खोज्नु हुँदैन । पहरामा भेटिने सिलाजितमा रस खोजियो भने के हुन्छ ? पत्रकार शिलाजित जस्तै बहुमुल्य जडिबुटी हुन् जसले यथार्थ चिरफार गर्छन् ।”

आर्थिक क्षेत्रको सुधारका लागि, सहिदिशानिर्देश गर्नका लागि आर्थिक पत्रकारको गहन भूमिका रहने उनको भनाइ छ । “कतै गलत हुँदैछ भने त्यसलाई वाच डगको रुपमा हेरेर लेखनको माध्ययमबाट समाजलाई गलतदिशातर्फ जानबाट रोक्नुपर्छ बचाउनुपर्छ,” शर्माले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्