Shikhar Insurance
National Life

अबदेखि लघुवित्तहरूले सेयर किन्न नपाउने, आम्दानीको स्रोत खुम्चँदै

सिंहदरबार संवाददाता
२०७८ मंसिर ७, मंगलवार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि लघुवित्त कम्पनीहरुले सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाको नाममा जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन/परिमार्जन/थप व्यवस्था गरी लघुवित्त कम्पनीहरुलाई सेयर र डिबेन्चरमा लगानी गर्न प्रतिबन्ध गरेको हो ।

‘लघुवित्तहरुले संस्थाले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाइने छैन । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा भनिएको छ । उनीहरूले सरकारी ऋणपत्रमा भने लगानी गर्न पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘घ’ वर्गका संस्थाहरुले अन्य संस्थाहरुद्वारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणमा लगानी गर्न नपाउने व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्