Shikhar Insurance
National Life

यो हो विश्वमै तीव्र गतिमा उड्ने विद्युतीय विमान (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ मंसिर ७, मंगलवार १४:१२
Hyundai
NCELL
NIMB

एजेन्सी । बेलायतको रोल्स–रोयस कम्पनीले विश्वमै सबैभन्दा तीव्र गतिमा उड्ने विद्युतीय विमान आविश्कार गरेको दाबी गरेको छ । स्पिरिट अफ इनोभेसन विमान तीव्र गतिमा चल्ने विद्युतीय जहाज भएको रोल्स–रोयसले दाबी गरेको हो ।

बिमान ६२३ किलोमिटर प्रतिघण्टाको गतिमा उड्ने कम्पनीको भनाई छ । एक साताअघि कम्पनीले विमानको परीक्षण उडान सम्पन्न गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तीन किलोमिटर उड्दा विमानको गति ५५५ दशमलब ९ किलोमिटर प्रतिघण्टा र १५ किलोमिटर उड्दा ५३२ दशमलब १ किलोमिटर प्रतिघण्टा पुगेको कम्पनीले जनाएको छ ।

२०२ सेकन्डमा ३,००० मिटरको उचाइमा पुगेर स्पिरिट अफ इनोभेसनले सबैभन्दा चाँडै सो उचाइमा पुग्ने रकेर्ड बनाएको बताइएको छ ।

विमान आविश्कार एउटा आश्चर्यजनक उपलब्धि भएको कम्पनीका निर्देशक फिल ओडेलले बताएका छन् ।

यसअघि सन् २०१७ मो जिमन्स विमान कम्पनीले निर्माण गरेको एक्स्ट्रा ३३० एरोब्याटिक विमान ४१० किलोमिटर प्रतिघण्टाको गतिमा उडेको थियो । रोल्स–रोयसले आफूले प्रयोग गरेको ‘प्रपल्सन ब्याट्री प्याक’ प्रभावकारी भएको दाबी गरेको छ ।

बेलायतको एरोस्पेस टेक्नोलोजी इन्स्टिच्युटले विमान निर्माणका लागि ५० प्रतिशत रकम अनुदान दिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्