Shikhar Insurance
National Life

सीडीको सीमा नाघेर वाणिज्य बैंकहरूले ३ दिनमै दिए ७ अर्ब कर्जा, ब्याज बढेपनि निक्षेप घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर ६, सोमबार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले सीडी रेसियो कटाएर ३ दिनमै ७ अर्ब रुपैयाँ कर्जा दिएका छन् । तोकिएको ९० प्रतिशत सिडि रेसियो कटाएर मंसिरको ३ दिनमा सो कर्जा प्रवाह गरेका हुन् ।

नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार २७ वाणिज्य बैंकले कात्तिक ३० गतेसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन मंसिर ३ गते आइपुग्दा ७ अर्ब रुपैयाँले बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो अवधिमा बैंकहरुको निक्षेप भने ७ अर्ब रुपैयाँले नै घटेको छ । कात्तिक ३० गतेसम्म ४२ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप मौज्दात रहेको वाणिज्य बैंकहरुमा मंसिर ३ गते ४२ खर्ब २६ रुपैयामा सिमित भएको छ ।

बैंकहरूले मंसिरमा ब्याजदर बढाएका छन् तर निक्षेप संकलन भने घटेको छ ।

निक्षेप घटेपनि कर्जा प्रवाह गर्दा कर्जा- निक्षेप अनुपात ९०.५७ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नितिमार्फत ९० प्रतिशतको सिडि रेसियो लागु गरिसकेको छ । उक्त रेसियो बैंकहरुले २०७९ असार मसान्तसम्म कायम गर्नु पर्ने भएपनि हाल सिमा कटेकाले कर्जा दिन सक्दैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्