Shikhar Insurance
National Life

अर्थमन्त्रीको उद्घोषः धुर्मुस–सुन्तलीको रंगशाला केन्द्र सरकारले टेकओभर गर्छ, मोडालिटी तय हुने

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार २०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि केन्द्र सरकार सकारात्मक रहेको बताएका छन् । चितवन पुगेर उनले केन्द्र सरकारले रंगशालाको जिम्मा लिनसक्ने मनसाय व्यक्त गरे ।

धुर्मुस–सुन्तली फाउन्डेसनले साहासिक कदम अघि बढाएको भन्दै उनले सरकारले यसमा कसरी सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, “थोरै लगानीमा पनि खेल खेलाउन सक्ने स्थितिमा पुगेको बुझेको छु । मैले उहाँहरुलाई निराश नहुनुस् अघि बढ्नुस भनेको छु ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ ।

तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी खर्च भइसकेको छ । रंगशालाको अपनत्व र अभिभावकत्व ग्रहण गरिदिन उनले सरकारलाई आग्रहसमेत गरेका छन् ।

३० हजार क्षमताको हुने रंगशालामा तीन हजार दर्शकले बसेर खेल हेर्न मिल्ने प्याराफिट बनिसकेको छ । मैदान पनि तयार भइसकेको छ । पिच निर्माण गर्न बाँकी छ । कोरोना महामारीका बेला पनि क्रिकेट रंगशालाको काम धमाधम भएको थियो ।

निर्माण सामग्री दिने विभिन्न कम्पनी र व्यक्तिहरूले धेरै कुरिसकेका छन् । कति कम्पनी त बन्द हुने अवस्थामा पुगेका छन् । उनिहरूले धुर्मुसलाई तारन्तर फोन गरिरहन्छन् । तारन्तार मेसेज पनि गरिरहन्छन् । उनीसँग कहिले दिने भन्ने जवाफ पनि छैन ।

धुर्मुसले सरकारकै नेतृत्वमा निर्माण गर्ने भए पनि आफुहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताएका थिए । तीन तहकै सरकारलाई परियोजनाको अभिभावकत्व ग्रहण गरिदिन उनले आग्रह गरिसकेका छन् । यस्तो स्थितिमा अर्थमन्त्री शर्माले सकारात्मक भाव पैदा गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्