Shikhar Insurance
National Life

एनएमबी बैंकले पायो ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १४:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबी बैंकले ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति दिएको हो ।

बैंकले जारी गर्न लागेको ३५ लाख कित्ता ऋणपत्रमध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ भने बाँकी रहेको २१ लाख ऋणपत्र निजी तवरले बिक्री गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले वार्षिक ४ प्रतिशत व्याजदरमा १५ वर्षे अवधिको एनएमबी इनर्जी बण्ड नामको ऋणपत्र बिक्री गर्न लागेको हो । बैंकको ऋणपत्रको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्