Shikhar Insurance
National Life

जमिनको अनावश्यक कित्ताकाट रोक्नुपर्छः मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०७८ मंसिर ४, शनिबार २०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भू–उपयोग नियमावली निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् । उग्रचण्डी नाला समाजको काठमाडौंमा भएको चौथो सधारण सभाको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले भू–उपयोग नियमावली आएपछि खेती योग्य जमिनको संरक्षणभई व्यवसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

उनले भू–उपयोग नीति अनुसार कृषि योग्य जमिन र किसानहरुको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यवसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीति अनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको बताइन् । उनले अनावश्यक कित्ताकाटमा पनि नियन्त्रण आवश्यक रहेको स्पष्ट पारिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री श्रेष्ठले, भूमिहिन दलित, भूूमिहिन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल शुरु गरिसकेको पनि बताइन । उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने भन्दै विकास निर्माणका काममा यो मेरो र तेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरिन् ।

मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृकि सम्पदाले महत्वपूर्ण हुदादुदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडी आउन नसकेको भन्दै नालासँगै काभ्रे जिल्लाकै विकासमा आफू सहयोग गर्न तयार रहेको पनि बताइन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्