Shikhar Insurance
National Life

मंसिर भित्र एमसीसी पास नगरे फिर्ता लैजाने अमेरिकी चेतावनी

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकारले मंसिर २८ गते भित्र एमसीसी परियोजना संसदबाट पास नगरे फिर्ता लैजाने चेतावनी दिएको छ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी लिने कि नलिने भन्ने निर्णय यहि मंसिर २८ गते भित्र गरिसक्न्ुपर्ने बताएका हुन् ।

सो अवधीमा पनि नेपालले सहयोग लिने कि नलिने भन्ने फैसला नगरे अमेरिकाले आफैं फिर्ता लैजाने चेतावनी उनले दिएका हुन् । एमसीसीको बिरोधमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबारको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेरै एमसीसीबारे निर्णय गर्न भनेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेटमा एमसीसी पास गर्ने कि नगर्ने भन्नेबारे प्रचण्डले कुनै जवाफ भने दिएनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्