Shikhar Insurance
National Life

कात्तिकको ३ दिने ब्याजदर युद्धले हिमालयन र लक्ष्मीको बिजनेस बढ्दा १९ बैंकको घट्यो

कुनको कति ?
सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार २०:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । कात्तिक महिनामा बैंकहरुबीचको ब्याजदर युद्धबाट हिमालयन र लक्ष्मीले मात्र लाभ लिन सकेका छन् । कात्तिकमा ११ प्रतिशतमाथि ब्याजदर पुर्‍याउँदा नियमनको लगाम लाग्नु अगावै यी बैंकले लाभ लिएको एक तथ्यांकले देखाएको हो ।

पछिल्लो केही महिनायात बैंकहरु चरम तरलता अभावमा छन् । कर्जाको मागअनुसार स्रोत संकलन गर्न नसक्दा बैंकको व्यवसाय पनि सुस्ताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले यो समस्याको समाधानमा छोटो बाटोका रुपमा ब्याजदर वृद्धिको नीति गत असोज महिनादेखि नै अबलम्बन गरे । केही बैंकहरुले असोजमै ब्याजदर बढाउँदा अधिकांश वाणिज्य बैंकलाई निक्षेप ‘स्विच’ हुने डरमा कात्तिक महिनामा बढाउनै पर्ने दवाब थियो । सोहीअनुसार २ दर्जन वाणिज्य बैंकले असोजमा कायम ब्याजदरमा कात्तिक १ गतेदेखि लागु हुने निक्षेपको ब्याजदर ०.५ प्रतिशतदेखि ३० प्रतिशतसम्मले थप गरेका थिए । जसमा संस्थागत मुद्दतीमा हिमालयन ११.६७ र लक्ष्मीले ११.०५ प्रतिशत ब्याज दिने घोषणा गरेका थिए ।

बैंकहरु यसरी निक्षेपको खोसातानीमा गरेको अस्वस्थ्य ब्याजदर प्रतिस्पर्धा रोक्न राष्ट्र बैंकले कात्तिक ३ गते २४ घण्टे अल्टिमेटम दिँदै घटाउन भन्यो । अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशतमात्र थपघट गर्न र व्यक्तिगत निक्षेपको भन्दा संस्थागतको १ प्रतिशत कम ब्याजदर कायम गर्नु पर्नेे राष्ट्र बैंकको निर्देशन हो ।

केन्द्रीय बैंकको निर्देशन कार्यन्यवन गर्दै अधिकांश बैंकहरुले कात्तिक ४ गते कारोबार समय समाप्त भएपछि निक्षेपको ब्याजदर ९.३६ प्रतिशत कायम गरे ।

यसरी कात्तिकको ४ दिन मात्र उच्चतम ब्याजदर दिएर निक्षेप खोसातानी गर्न पाएका बैंकहरुको व्यवसाय भने अधिकांशको असोजको तुलनामा घटेको छ । तर सो अवधिमा ब्याजदर युद्धमा सबैभन्दा अघि रहेको हिमालयन र लक्ष्मी बैंकको भने व्यवसाय बढेको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

संघको तथ्यांकअनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप ३५ अर्ब ३१ करोड रुपैयाँले घटेको छ । यो अवधिमा १९ बैंकको निक्षेप घट्दा ८ वटा बैंकको भने बढेको छ ।

असोज महिनासम्म संकलित निक्षेपमा कात्तिक महिनामा ८ वटा वाणिज्य बैंकको ११ करोड रुपैयाँदेखि १४ अर्ब ६० करोड रुपैयाँसम्मले बढाएका छन् । तर, सोही अवधिमा १९ वटा बैंकको भने ३३ करोड रुपैयाँदेखि १३ अर्ब ८९ करोड रुपैयाँसम्मले घटेको छ ।

एक महिनामा निक्षेप घटेका अधिकांश वाणिज्य बैंक कात्तिक महिनामा ब्याजदर युद्धमा सहभागि बैंकहरु नै छन् । यी बैंकहरुले ४ दिन उच्चतम ब्याजदर दिएर पुनः घटाउनु पर्दा निक्षेप अन्य बैंकमा ‘स्विच’ भएको प्रष्ट हुन्छ ।

तर, कात्तिकको ४ दिन ११ प्रतिशतमाथि ब्याजदर दिएर व्यवसाय गरेका लक्ष्मी र हिमालयन बैंकको भने असोज महिनाको भन्दा निक्षेप कात्तिकमा थप भएको छ । ब्याजदरको युद्धमा जितेको निक्षेपकर्तालाई घटेको दरमा समेत चित्त बुझाएर राख्न सक्ने क्षमता हुँदा यी बैंकको निक्षेप नघटेको बैंकरहरु बताउँछन् ।

असोज महिनाको भन्दा कात्तिकमा हिमालयन बैंकको १४ अर्ब ६० करोड र लक्ष्मी बैंकको ४ अर्ब ५७ करोड रुपैयाँले निक्षेप थप भएको छ । यस बाहेक अन्य ६ वटा वाणिज्य बैंकहरुको निक्षेप बढेपनि यी बैंकहरु कात्तिक महिनाको ब्याजदर युद्धको चर्काचर्किमा सहभागी थिएनन् ।

असोजको तुलनामा कात्तिक महिनामा एनएमबिको ४ अर्ब ८७ करोड, नेपाल एसबिआईको ३ अर्ब २१ करोड, माछापुच्छ्रेको २ अर्ब २० करोड, नेपाल इन्भेष्टमेण्टको १ अर्ब ६९ करोड, सिद्र्धाथको ४१ करोड र स्ट्याण्डर्ड चार्टर्डको ११ करोड रुपैयाँले निक्षेप थप भएको छ ।

एक महिनामा निक्षेप घटाउने बैंकहरु, सबैभन्दा बढी एनआइसी एशियाको

असोज महिनाको तुलनामा कात्तिकमा १९ वाणिजय बैकको निक्षेप घटेको छ । सो अवधिमा यी बैंकहरुको निक्षेप ३३ करोड रुपैयाँदेखि करिब १४ अर्ब रुपैयाँसम्मले घटेको हो ।

जसमध्ये सबैभन्दा बढी एनआइसी र सबैभन्दा थोरै ग्लोबल आइएमई बैंकको घटेको छ । एक महिनामा एनआइसी एशियाको १३ अर्ब ८९ करोड रुपैयाँले घटेर २ खर्ब ९७ अर्ब ५५ करोड र ग्लोबलको ३३ करोड रुपैयाँले घटेर २ खर्ब ७६ अर्ब ७२ करोड रुपैयाँमा सीमति भएको हो ।

असोजको तुलनामा कात्तिक मसान्तमा ५ वटा बैंकको १ अर्बभन्दा कम, १० वटा बैंकको १ अर्बदेखि ५ अर्ब रुपैयाँसम्म र ४ वटा बैंकको ५ अर्ब रुपैयाँभन्दा बढीले निक्षेप घटेको छ ।

वाणिज्य बैंकहरुको निक्षेप (रु. अर्बमा)

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्