Shikhar Insurance
National Life

छिमेक लघुवित्तले गर्यो ३० प्रतिशत लाभांश घोषणा , नगद र बोनस कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर २, बिहीबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषण गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

 

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको २७ प्रतिशतका दरले हुन आउने ४९ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतका दरले हुन आउने ५ करोड ४९ लाख रुपैयाँ कर सहितको नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । २७ प्रतिशतका दरले हुन आउने ४९ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ पुग्ने छ ।

 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्