Shikhar Insurance
National Life

सिभिल बैंकको अध्यक्ष बने प्रताप जंग पाण्डे, अब्बल प्रतिफलका लागि ध्यान दिने

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार १९:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंक लिमिटेडको अध्यक्षमा प्रतापजंग चयन भएका छन् । मंसिर १ गते बसेको सञ्चालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग पाण्डेलाई संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।

बैंक अध्यक्ष चयन भए पश्चात प्रताप जङ्ग पाण्डले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गरेकोमा सबै संचालकहरुलाई धन्यवाद दिए । सो पश्चात संचालकहरुले समितिको अध्यक्ष चयन भएकोमा प्रताप जङ्ग पाण्डेलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बैंकलाई थप उचाईमा पु¥याउनको लागि थप मद्दत मिल्नेमा जोड दिंदै सबै संचालकहरुको साथ–सहयोग रहने धारणा व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष प्रताप जङ्ग पाण्डेले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै बैंकको उच्च व्यवस्थापन तथा समग्र कर्मचारीहरुलाई उच्च मनोवलका साथ कार्य गरी बैंकलाई थप सबल र समृद्घ बनाउने बताए । उनले शेयर होल्डर लगायत समग्र पक्षको भावना अनुरुप अगाडि बढ्ने प्रतिवद्घताका साथै ग्राहकवर्गलाई नवीनतम सेवा तथा सुविधाहरु प्रदान गर्ने तर्फ बैंकको प्राथमिकता रहनेमा जोड दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्