काठमाडौं । वाणिज्य बैंकहरुको मंसिर महिनाका लागि निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बुधबार बिहान निक्षेपको नयाँ ब्याजदर तोकेका हुन् ।
जसअनुसार प्रायः बैंकहरुले व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत ब्याज दिने भएका छन् । संस्थागत मुद्दतीमा पनि १ प्रतिशत कम अर्थात् ९.०५ प्रतिशत ब्याजद दिने बैंकहरुको घोषणा छ । उनीहरुले बचतमा भने ५.०५ प्रतिशतदेखि ७.०५ प्रतिशत ब्याज दिनेछन् ।
https://singhadarbar.com/post/26958/
प्रकाशित ब्याजदरअनुसार दुईबाहेक सबै बैंकहरुले निक्षेपमा अधिकतम १०.०५ प्रतिशत ब्याज दिनेछन् ।
https://singhadarbar.com/post/26649/
सिंहदरबारलाई प्राप्त १८ वाणिज्य बैंकको ब्याजदरअनुसार मेगा र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर अन्यसँग मिल्दैन । रावा बैंकले ९.११ प्रतिशत र मेगाले ९.९६ प्रतिशत ब्याज दिने घोषणा गरेका छन् ।
कसको कति ?
https://singhadarbar.com/post/26995/
प्रतिक्रिया दिनुहोस्