Skip to content
Shikhar Insurance
National Life

२१५ सदस्यीय समाजवादी प्रेस संगठन घोषणा, डेढ दर्जन नेताको असन्तुष्ठी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ ।

सङ्गठनका उपाध्यक्षमा प्रकाश खतिवडा, उपाध्यक्ष शितल साह, महिला उपाध्यक्षमा भवानी कार्की, समावेशी उपाध्यक्षमा बुद्धिवीर वाहिङ राई, उपत्यका उपाध्यक्षमा शान्तराम बिडारी, प्रदेश उपाध्यक्षमा तीर्थराज सिग्देल, नवराज छतकुली, श्रीराम सिग्देल, विकास बन्जाडे, दुर्गा थापा र राजेन्द्र कुँवर महासचिवमा भूपराज खड्का, उपमहासचिवद्वय तेजप्रसाद वाग्ले र उर्मिला कुँवर, कोषाध्यक्ष कृष्णराज गौतम, सचिवत्रय सुभाषप्रसाद साह, उत्तरसिंह विष्ट र गोविन्द चौलागाईं छन् ।

घोषणा सभामा साविक चौतारीका उपाध्यक्षद्धय विश्वमणी सुवेदी, नरेन्द्र साउँद, उप महासचिव राम कुमार एलन लगायतका डेढढ दर्जन केन्द्रिय सदस्यहरुले जिम्मेवारी बाडफाँट प्रति असहमति जनाउँदै हिडेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्