Shikhar Insurance
National Life

उपचारका लागि प्रचण्ड अस्पताल भर्ना

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २७, शनिबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन् ।

उनको स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी गएको जानकारी दिए । “डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उनको स्वास्थ्यमा सामान्य समस्या आयो”, उनले भने, “त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।” स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्कने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्