Shikhar Insurance
National Life

कामना सेवाले धुमधामसाथ मनायो १५ औं वार्षिकोत्सव, यस्ता गतिविधि आयोजना (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २६, शुक्रबार २०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औँ वार्षिकोत्सव मनाएको छ । बैंकले विभिन्न कार्यक्रम गरी धुमधामले वार्षिकोत्सव मनाएको हो ।

देशै भरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टर मार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका वार्ड नं. ६, नारायणटार स्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नव जीवन गृह’ मा औषधी तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ ।

यसैगरी बैंकले आफ्नो १५ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल –०२, दङ्गिया स्थित श्री जनशक्ति प्राथमिक विद्यालय मा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको छ ।

यसैगरी सितगङ्गा नगरपालिका ४ ठाडा अमराइमा रहेको शाखा कार्यलयले सुपादेउरालिमै पुगेर एक कार्यक्रम गरि ५ थान प्लास्टिक डस्ट्बिन बितरण गरेको छ ।

बैंकले डिमुवा शाखाले बैंकको १५ औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तगत मोदी गाउँपालिका वडा नं. ०३, घुरुङ्गसेरामा रहेको श्री विद्याज्योति प्राथमिक बिद्यालयलाई शैक्षिक सामाग्रि तथा डस्टविन हस्तान्तरण गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्