Shikhar Insurance
National Life

सबैभन्दा धेरै सहुलियतपूर्ण कर्जा दिने बैंक कृषि विकास, १९ सय कम्पनीले लिए १ करोड बढी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार १०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । १८ सय ९० वटा कम्पनी तथा फर्मले १ करोड रूपैयाँभन्दा बढी सहुलियतपूर्ण कर्जा लिएको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ३ वर्षअघि सरकारले अघि सारेको ब्याज छुटमा दिइने कर्जामा करिब ९० सय फर्मले सो मात्राको कर्जा लगेका हुन् ।

आव २०७५/७६ को बजेटमार्फत् सहुलितपूर्ण कर्जाको व्यवस्था गरिएको थियो । जसमार्फत् हालसम्म १ लाख २९ हजार जनाले यस्तो प्रकृतिको कर्जा लिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रीय बैंकका अनुसार १ करोड रूपैयाँभन्दा बढी सहुलियतपूर्ण कृजा लिने ३ सय ४६ फर्म प्रदेश नं. १ का छन् । यस्तै प्रदेश नं. २ मा ४ सय २०, बाग्मतीमा सर्वाधीक ७ सय ९५, गण्डकीमा १ सय ९३, लुम्बिनीमा २ सय ६१, कर्णालीमा सबैभन्दा कम ४ र सुदुरपश्चिममा ७१ वटा यस्ता कर्जा प्रवाह भएको छ ।

केन्द्रीय बैंकका अनुसार हालसम्म कुल १ लाख २९ हजार ६ सय ८० व्यक्ति तथा फर्मले यस्तो कर्जा लिएका छन् । हालसम्म २ खर्ब ३१ अर्ब ४३ करोड ३६ लाख ६४ हजार रूपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । जसमध्ये सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपन्छी कृजामा प्रवाह भएको छ ।

सरकारले असोज मसान्तसम्म यस्तो प्रकृतिको कर्जामा कुल ९ अर्ब १५ करोड २१ लाख ५८ हजार रूपैयाँ ब्याज अनुदान प्रदान गरेको छ ।

केन्द्रीय बैंकका अनुसार सबैभन्दा बढी सहुलियतपूर्ण कर्जा कृषि विकास बैंकबाट प्रवाह भएको छ । बैंकबाट १३ हजार ५२ व्यक्ति तथा संस्थाले २४ अर्ब ६८ करोड ३१ लाख ३३ हजार रूपैयाँ कर्जा लिएका छन् । यसैगरी राष्ट्रिय वाणिज्य बैंकबाट १० हजार ५ सय ५० व्यक्ति तथा संस्थाले १२ अर्ब ५५ करोड ७४ लाख ८६ हजार रूपैयाँ कर्जा लिँदा एनआईसी एशियाबाट ३ हजार १ सय ५६ व्यक्ति तथा संस्थाले १७ अर्ब २३ करोड ८९ लाख १७ हजार रूपैयाँ कर्जा लिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्