Shikhar Insurance
National Life

नेपाल बैंकर्स संघको साधारणसभा आजः अध्यक्ष बन्दै उपाध्याय, उपाध्यक्ष को ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २३, मंगलवार ०९:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघको ३५ औं वार्षिक साधारणसभा आज हुँदैछ । साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा संघका वर्तमान उपाध्यक्ष अनिल उपाध्यायलाई अध्यक्ष चयन गर्दैछ ।

अध्यक्ष पदका लागि उपाध्यायको मात्र उम्मेदवारी परेकाले उनी सर्वसम्मतिले अध्यक्ष चयन हुँदैछन् भने वर्तमान अध्यक्ष भुवन दाहाल जिम्मेवारीबाट टाढा हुँदैछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको चर्चा छ । प्रभु बैंकका अशोक शेरचनले पनि केही समयअघि उपाध्यक्षको आकांक्षा राखेका थिए ।

बैंकहरुबीच केसीलाई उपाध्यक्ष बनाउने मोटामोटी सहमति भएको बताइन्छ । यद्यपि साधारणसभाबाटै सोसम्बन्धि सर्वसम्मत निर्णय हुने संघका एक सदस्यले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्