Skip to content
Shikhar Insurance
National Life

चीनले भियतनाममा बनाईदियो प्रतिघण्टा ८० किलोमिटर दौड्ने मेट्रो, काठमाडौंमा केरुङको रेल कहिले ?

Hyundai
NCELL
NIMB

हनोई । भियतनामी राजधानी हनोईका अधिकारीहरूले चीनद्वारा निर्मित क्याट लिन्ह हा डोङ मेट्रो लाइन परियोजनाको उद्घाटन गर्दै यो व्यावसायिक सञ्चालन सुरु गर्ने देशको पहिलो मेट्रो लाइन बनेको बताएका छन् ।

उक्त परियोजना हनोईलाई यसको लगानीकर्ता भियतनामी यातायात मन्त्रालयले सोही दिन हस्तान्तरण गरेको छ। मेट्रो लाइनका सबै यात्रुहरूले पहिलो १५ दिनसम्म निः शुल्करूपमा आवतजावत गर्न सक्नेछन् । शनिबार बिहान निः शुल्क दुईतर्फी यात्रा गरेपछि हनोईको थान जुआन जिल्लाकी ३० वर्षीय यात्री होआङ थि हुओङले मेट्रो लाइन आफूले विदेशमा देखेको जत्तिकै आधुनिक भएको प्रतिक्रिया दिएकी छिन् ।

‘अब मलाई काममा जाँदा हरेक बिहान भीडको चिन्ता लिनु पर्दैन’ हुओङले सिन्ह्वालाई भनिन् शहरमा यातायात सहज बनाउन थप सहरी रेलवे परियोजनाहरू निर्माण गरिने हुँदै जनेछन् ।१२ स्टेसन भएको एलिभेटेड लाइन १३ किमी भन्दा बढी छ। प्रत्येक रेल प्रतिघण्टा ८० किमी को गतिमा एक हजार यात्रु बोकेर हिड्नेछ । एलिभेटेड रेलवे परियोजनाले आधिकारिक रूपमा अक्टोबर २०११ मा निर्माण शुरु गरेको थियो भने यसको परीक्षण डिसेम्बर २०२० मा गरिएको थियो ।
प्रति यात्रुको टिकटको मूल्य ३० हजार भियतनामी मुद्रा हुनेछ ।

कहिले आउँछ काठमाडौंमा केरुङको रेल ?
चीन र नेपाललाई रेलमार्गबाट जोड्ने भन्दै केरुङ–काठमाडौं रेलमार्ग निर्माणको अध्ययन अघि बढाईएको थियो । प्रारम्भिक अध्ययन सम्पन्न भएको सो रेलमार्ग संसारकै कठिनतम भूभागमा बन्ने परियोजना अन्तर्गत पर्दछ । केरुङ–काठमाडौं रेलमार्गको डीपीओ निर्माणको लागि चिनियाँ टोली नेपाल आउने तयारीमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्