Skip to content
Shikhar Insurance
National Life

‘त्यतिबेला चलाउने अहिले तिर्दिनँ भनेर हुन्छ ? डेडिकेटेड र वक्यौताको रकम जसरी पनि उठाउने हो’

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइनको वक्यौता जसरी पनि उठाएछाड्ने बताएका छन् । प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदान तथा समसामयिक विषयमा पत्रकार सम्मेलनमा बोल्दै उनले वक्यौता रकममा व्यवसायीलाई छुट नदिइएने बताएका हुन् ।

उनले भने, “१५ अर्ब वक्यौता रकम र हर्जनासमेत उठाउने हो । सरकाले अर्को निर्णय नगरेसम्म यो स्ट्यान्ड रहन्छ ।” उनले तिहारमा बत्तीको अभाव नहुने पनि बताए । उनले यस वर्षको तिहारमा करिव १५ सय मेगावाट प्रयोग हुनसक्ने प्रक्षेपण गरेको बताए।

प्रबन्ध निर्देशक घिसिङले अहिले कुलेखानीको विद्युत खेर गइरहेको बताउँदै प्रशारणको कारणले तिहारमा कतै पनि विद्युतको अभाव नहुने बताए। उनले आम नागरिक तथा उपभोक्ताहरुलाई ढुक्कसँग विद्युत चलायन आग्रह गरे।

प्रवन्ध निर्देशक घिसिङले समय समयमा बत्ती जाने गरेको समस्यालाई गम्भीरताका साथ लिएको बताउँदै वितरण प्रणालीमा व्यापक सुधार गर्ने बताए। उनले ट्रान्सफर्मरको समस्या धेरै रहेको र अब तत्काल त्यसको समाधान हुने बताए। प्रबन्ध निर्देशक घिसिङले भरपर्दो विद्युत कसरी दिने भन्ने अबको चुनौति रहेको बताउँदै अब देशभर स्मार्ट चार्जिङ स्टेशन राख्ने बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्