Shikhar Insurance
National Life

कनेक्ट आइपीएसमार्फत् यसरी तिर्नुस् घरमै बसीबसी काठमाडौं महानगरपालीकालाई कर

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार २०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । अब काठमाडौं महानगरको कर तथा राजस्व कनेक्ट आइपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । नबिल बैंकसँग सहकार्य गर्दै महानगरले सबै प्रकारको कर कनेट आइपीएसर्फत् भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

यससँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अनलाईन भुक्तानीको लागी कनेट आइपीएसमार्फत भुक्तानी गर्न सक्नेछन् । जसले गर्दा कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ ।

यसरी आवद्ध गरी सके पछि करदाताले https://eservice.kathmandu.gov.np/ मा गई आफ्नो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नोे बैंक खाताबाट कनेन्ट आइपीएसमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन्

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्