Shikhar Insurance
National Life

कागजात मिलाएर झुटो दाबी भुक्तानी माग्नेहरू अबदेखि कारबाहीमा पर्ने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १९:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्ला दिनमा बीमा क्षेत्रमा विकृति तथा विसङ्गति बढेको भन्दै त्यस क्षेत्रको नियामक निकाय बीमा समितिले सम्वद्ध पक्षलाई कारबाहीको चेतावनी दिएको छ ।

गलत मनसायका साथ बीमा दाबी भुक्तानी परेको भन्ने व्यापक गुनासो आएपछि समितिले आज एक सूचनामार्फत गलत काम नरोकिए कारबाही गर्ने चेतावनी दिएको हो । ठगी गर्ने नियमतले बीमा दाबी भुक्तानी गर्ने प्रयास भएको पाइएकाले समितिले चेतावनी दिँदै भनेको छ, “बीमाको नाममा किर्ते र जालसाजीपूर्ण कागजात तथा बेहोरा पेश गरी ठगीलगायतका कसुर गर्ने गरेको पाइएको छ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

कीर्ते कागजातका आधारमा बीमालेख तयार गर्ने तथा हुँदै नभएका घटनाको समेत गलत विवरण पेश गरी ठगी गर्ने नियतका साथ भुक्तानीको प्रयास भइरहेको पाइएको समितिले जनाएको छ । समितिले कानूनविपरीतका त्यस्ता प्रयासले बीमा व्यवसायमा नकारात्मक प्रभाव पर्ने उल्लेख गर्दै यस क्षेत्रप्रति जनविश्वास घटन नदिन सरोकार भएका सबै पक्षको ध्यानकर्षण गराएको छ ।

गलत क्रियाकलापमा संलग्न नहुन बीमा कम्पनी, कम्पनीका कर्मचारी, बीमा अभिकर्ता, बीमा सर्भेयरलगायतलाई समितिले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्