Shikhar Insurance
National Life

सिटिजन्स बैंकको पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न, १६ प्रतिशत लाभाशं पारित

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १९:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको पन्ध्रौं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ । कोभिड–१९ महामारीमाझ बैंकको साधारणसभा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

यस अवसरमा आ.व. २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । साधारणसभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६ प्रतिशत लाभाशं (१२.९१३ प्रतिशतका दरले हुन आउने १ अर्ब ६२ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८ करोड ८२ लाख रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । साथै सोही साधरणसभाले सर्वसाधारणको तर्फबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोनस सेयर वितरणपछि बैकको चुँक्तापुँजी १४ अर्ब २० करोड पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्