Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुबाट १२ दिनमै २२ अर्ब हरायो, सहकारीमा निक्षेप सर्‍यो : बैंकर्स संघ

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १६, मंगलवार १७:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । कात्तिकको १२ दिनमै वाणिज्य बैंकहरुबाट २२ अर्ब रुपैयाँ हराएको छ । अधिकांश वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर घटेर ९.३६ प्रतिशतमा आएपछि ‘फ्लाइट’ हुन थालेको बैंकर बताउँछन् ।

गत असोज मसान्तसम्म वाणिज्य बैंकहरुले ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन कात्तिक १२ गतेसम्म २२ अर्ब रुपैयाँले घटेर ४२ खर्ब ४७ अर्ब रुपैयाँमा सीमित भएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वाणिज्य बैंकहरुको निक्षेप साता दिनमै घट्नुको प्रमुख कारण निक्षेपको ब्याजदर घट्नु रहेको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्ययले बताए ।

‘केही निक्षेप एक बैंकबाट अर्को बैंकमा स्वीच भएको भने, घटेको निक्षेपको केही हिस्सा सहकारी संस्था तिर गएको अनुमान छ,’ संघका उपाध्यक्ष उपाध्यले सिंहदरबारसँग भने, ‘वाणिज्य बैंकहरुको ९.३६ प्रतिशतभन्दा बढी छैनन्, अहिले सहकारीको ब्याजदर तपाइहरको भन्दा बढी छ भन्ने ग्राहकको गुनासो बढी हुन्छ ।’

वाणिज्य बैंकहरुको निक्षेप घटेपनि समग्र बैंकिङ क्षेत्रको निक्षेप बढिरहेको हुँदा सहकारी, फाइनान्स तथा माइक्रोफाइनान्सतर्फ पनि स्वीच भएको हुन सक्ने उनको अनुमान छ ।

बैंकहरुले गत असोज मसान्तमै कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर ३० प्रतिशतसम्मले वृद्धि गरी अधिकतम ११.६७ प्रतिशतसम्म पुर्याएका थिए । तर कात्तिक २ गतेनै राष्ट्र बैंकले सोमा लगाम कस्दै अघिल्लो महिनामा लागू ब्याजदरमा अधिकतम १० प्रतिशतको मात्र हेरफेर गर्न पाउने व्यवस्था गर्यो । त्यसपछि कात्तिक ३ गतनै बैंकहरुले निक्षेपको ब्याजदर अधिकतम ९.३६ प्रतिशत मात्र कायम गरे । त्यसपछि अधिकांश बैंकमा ठुला निक्षेपकर्ताले मुद्दती खाता नविकरण नै नगरेको बैंकरहरु सुनाउँछन् ।

यता, निक्षेप लगातार घटिरहँदा बैंकहरुले कर्जा विसतार भने बढाइरहेका छन् । सो अवधिमा वाणिज्य बैंकहरुको कर्जा १९ अर्ब रुपैयाँले थप भएको संघको तथ्यांकले देखाउँछ ।

गत असोज मसान्तसम्म वाणिजय बैंकहरुले ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा बैंकहरुले १९ अर्ब रुपैयाँ थप गरी कात्तिक १२ गतेसम्म ४० खर्ब १८ अर्ब रुपैयाँ पुर्याएका हुन् । यो अवधिमा बैंकहरुले राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्र र पहिले नै स्वीकृत कर्जा भुक्तान मात्र गरकोे संघका उपाध्यक्ष उपाध्यको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्