Skip to content
Shikhar Insurance
National Life

महालक्ष्मीको मोबाइल बैंकिङ्ग एप अपग्रेड, अब यस्ता थप सुविधा पाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित अत्याधुनिक बैंकएक्सपी सिस्टममा स्तरोन्नत्ती गरेको छ । बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको बैंकले जनाएको छ । यसबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।

यस सेवाको सुरुवात सँगै अब ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सक्नेछन् । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।

यस सेवा अन्तर्गत बैंकमा खाता नै नभएकाले समेत बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । यस सेवामा रहेको ई क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहक महानुभावलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाईएको छ । यसका साथै ई-भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य गर्ने छ । घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्