Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले ३ महिनामै कमायो २३ करोड नाफा, ईपीएस पनि बढ्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३ महिनामा २३ करोड ५ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४४.२८ प्रतिशत बढी नाफा गरेको हो ।

गत आवको पहिलो त्रैमासमा बैंकले १५ करोड ९७ लाख ८० हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १२ करोड ६२ लाख ६२ हजार रूपैयाँ छ ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ ।

असोज मसान्तसम्म बैंकले ३९ अर्ब ७८ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ३१ अर्ब ८६ करोड ४१ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ३ अर्ब ३४ करोड २४ लाख रूपैयाँ छ । वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थ १ सय ७१ रूपैयाँ ६५ पैसा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्