Shikhar Insurance
National Life

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १६:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेन्च (नप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १७ दशमबल ७५ अंकले घटेर दुई हजार ८१९ दशमलब ८७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२६ कम्पनीका १ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल सात अर्ब ७७ करोड ७५ लाख बराबरको कारोबार भएको छ । आइतबार ७ अर्ब ८२ करोडको सेयर किनबेच आएको थियो । सोमबार सबैभन्दा धेरै कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक लिमिटेड छ । बैंकको ३६ करोड ५८ लाख ७१ हजार २५९ रुपैयाँ १० पैसाको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकिङ, होटल र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे छन् । सोमबार दोहोरो अंकले बजार घट्दा पनि मानुसी लघुवित्त, साहास ऊर्जा र पाँचथर पावरका लगानीकर्ताले भने कमाएका छन् । मानुसी लघुवित्तको सेयेरमा १० प्रतिशतको वृद्धि भएको छ । त्यस्तै, साहास ऊर्जाको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी छ भने पाँचथर पावरको सेयर पनि नौ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै, सोमबार सबैभन्दा धेरै गुमाउनेमा कामना सेव विकास बैंकका लगानीकर्ता छन् । कम्पनीको सेयर मूल्य ६ दशमलव ७२ प्रतिशतको गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्