Shikhar Insurance
National Life

वाणिज्य बैंकहरुले ३ महिनामै कमाए १८ अर्ब रुपैयाँ, नाफा २४ प्रतिशतले वृद्धि, सिभिल बैंक पहिलो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १५, सोमबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा २४ प्रतिशतले बढाएका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा २४.२० प्रतिशतले वृद्धि गरी १८ अर्ब ११ करोड ८३ लाख रुपैयाँ पुर्‍याएका हुन् ।

गत आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले १४ अर्ब ५८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा खुद नाफा बढाउनेमा सबैभन्दा अघि सिभिल बैंक र सबैभन्दा पछि बैंक अफ काठमाण्डू छ । बैंक अफ काठमाण्डूले ५ प्रतिशतले खुद नाफा वृद्धि गर्दा सिभिल बैंकले २०१.८८ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो ।

बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार गत आवको पहिलो त्रैमासको तुलनामा ९ बैंकले ५० प्रतिशतभन्दा बढी, १० बैंकले १० प्रतिशतदेखि ५० प्रतिशतसम्म र ४ वटा बैंकले १० प्रतिशतभन्दा कमले खुद नाफा वृद्धि गरेका छन् ।

सो अवधिमा २३ वटा बैंकले नाफा वृद्धि गर्दा ४ वटा बैंकको घटेको छ । नेपाल बंगलादेश बैंक, प्रभु बैंक, कुमारी बैंक र प्राइम बैंकले नाफा घटाएका छन् ।

गत आवको पहिलो त्रैमासको तुलनामा यी बैंकहरुको नाफा ३.९० प्रतिशतदेखि २७.९३ प्रतिशतसम्मले घटेको हो ।

 

कसको नाफा कति प्रतिशतले बढेर कति पुग्यो ? (हजार रूपैयाँमा)

 

GBIME

प्रतिक्रिया दिनुहोस्