Shikhar Insurance
National Life

कृषि विकास बैंकको नाफा आधा अर्ब नजिक

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १४, आईतवार ०९:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब आधा अर्ब नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार आफ्नो नाफा ४८ करोड ५३ लाख पुर्याएको हो ।

बैंकले गत आवको सोही अवधीमा ४६ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । कृषि विकास बैंकको वितरण योग्य नाफा पनि २४ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो तीन महिनामा बैंकले एक खर्ब ६५ अर्ब कर्जा लगानी गरेर एक अर्ब ७३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जबकी गत आवको सोही अवधीमा त्यस्तो ब्याज आम्दानी एक अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो ।

चुक्ता पुँजी १६ अर्ब ४२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ११ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । कृषि विकास बैंकको प्रति सेयर आम्दानी १४.७० रुपैयाँ छ । बैंकको आधार ब्याजदर ७.१२ र स्प्रेड दर ४.३६ प्रतिशत मात्रै छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्