Shikhar Insurance
National Life

एभरेष्टले कम बोनस घोषणा गरेपछि लगानीकर्ता असन्तुष्ट, थोरै बोनस ठीक कि बेठीक ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १३, शनिबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । पछिल्लो समय सेयर बजारमा बोनसको सिजन नै चलिरहेको छ । बैंक, माइक्रो फाइनान्सहरूले बोनस घोषणा गरिरहेका छन् । अपेक्षितभन्दा बढी बोनस घोषणा हुँदा लगानीकर्ताको चाप उक्त कम्पनीको सेयरमा बढ्ने गरेको छ । यद्यपि बोनस कम आएमा उक्त कम्पनीको सेयर मूल्य घट्ने गरेको छ ।

एभरेष्ट बैंक लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ३३४औं बैठकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) गरी कुल रु.१०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त बैठकले वितरणयोग्य मुनाफा रकमबाट सेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी रु.८ अर्ब ८९ करोड ३७ लाख १७ हजार १७८ को ६ प्रतिशत अर्थात ५३ करोड ३६ लाख २३ हजार ३०.६८ बराबरको बोनस सेयर तथा ४.३२ प्रतिशत अर्थात रु.३८ करोड ४२ लाख ८ हजार ५ सय ८२.०९ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने निर्णय गरेको हो ।

बैंकले बोनस घोषणा गरेसँगै लगानीकर्तामा उत्साह भने कम भएको छ । अपेक्षा गरिएको भन्दा कम बोनस घोषणा भएकोले साताको पहिलो दिन आइतबार बजार खुल्दा यसको सेयर मूल्यमा गिरावट आउन सक्ने सम्भावना बढेको छ ।

सामाजिक सञ्जालमा लगानीकर्ताले बैंकले अपेक्षाअनुसार बोनस नदिएको गुनासो गरिरहेका छन् ।

अर्काथरी लगानीकर्ताले भने एभरेष्ट बैंकले घोषणा गरेको क्रमशः ६ र ४ प्रतिशत बोनस र नगद लाभांश समय सान्दर्भिक रहेको टिप्पणी गरेका छन् । ज्योति दाहाल फेसबुकमा लेख्छन्, “कमाए जति सबै बाँड्ने नेपाली व्यवस्थापनको बैंकको नीतिभन्दा जगेडामा राख्दै जानु उचित हो । कम्पनी पूँजी हैन जगेडाले बलियो हुन्छ । नेपाली बैंक व्यवस्थापनले पनि सिकुन् ।”

बैंकले रास्ट्र बैंकको लाभांश दिने नीतिलाई पनि चुनौती दिएको उनको बुझाइ छ । “नेपाल राष्ट्र बैंकले यति र उति लाभांश तोक्ने नै हैन,” दाहालले लेखेका छन्, “राष्ट्र बैंले बैंक बलियो बनाउन जगेडा बढाउन लगाउने हो । चेत खुलोस् ।”

GBIME

प्रतिक्रिया दिनुहोस्