Shikhar Insurance
National Life

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री, गठबन्धन काँचो धागोले बनेको होइनः अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १३, शनिबार ११:२८
Hyundai
NCELL
NIMB

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए । उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको दावी पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्