काठमाडौं । नेपालमा सबै प्रकारका इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी नयाँ भाउ कायम गरेको छ ।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको भाउ ३-३ रूपैयाँले बढेर क्रमशः १३३ रूपैयाँ, ११६ रूपैयाँ र ११६ रूपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धनको मूल्य १० रूपैयाँले बढ्दा एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ५० रूपैयाँले बढेर १५०० रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्