Shikhar Insurance
National Life

आईफोन किन्ने ग्राहकलाई १ वर्ष एनटीसीको इन्टरनेट फ्रि !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार २१:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकम र इभोलुसन ट्रेडिङको सहकार्यमा आईफोन खरिदकर्तालाई नेपाल टेलिकमको डाटा प्याकेज बन्डलिङ गरी उपलब्ध गराउने सम्झौता भएको छ । टेलिकम र एप्पलको आधिकारिक बिक्रेता इभोलुसन ट्रेडिङको सहकार्यमा आईफोन किन्न ग्राहकलाई प्रतिमहिना ५ जीबी डाटा चलाउन मिल्ने प्याकेज १२ महिनाका लागि निःशुल्क उपलब्ध दिइने भएको हो ।

सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र इभोलुसन ट्रेडिङका निर्देशक तरुण बज्राचार्यले हस्ताक्षर गरे । सम्झौता अनुसार इभोलुसन ट्रेडिङका काठमाडौं उपत्यकामा रहेका ७ वटा र उपत्यका बाहिर सञ्चालन हुने आउटलेटहरुमार्फत आइफोन १३ वा सो भन्दा माथिल्लो भर्सनका आइफोन किन्नेले यस्तो सुविधा पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल टेलिकमका ग्राहकले हाल प्रयोग गरिरहेको नेपाल टेलिकमको पोस्टपेड वा प्रिपेड सिम नै नयाँ खरिद गर्ने आईफोन १३ मा प्रयोग गर्ने अवस्थामा उल्लिखित डाटा प्याकेज सोही सिममा उपलब्ध गराउनेछ । उक्त आइफोन १३ मा ग्राहकले नेपाल टेलिकमको नयाँ सिम लिई प्रयोग गर्न चाहेमा कम्पनीले नयाँ प्रिपेड सिम इभो स्टोरमार्फत निःशुल्क उपलब्ध गराउने छ । यो सिममा मेन ब्यालेन्स १० रुपैयाँ र थप ब्यालेन्स ४० रुपैयाँ उपलब्ध हुनेछ । थप ब्यालेन्सबाट कम्पनीको नेटवर्क भित्र ४० मिनेट भ्वाइस कल र २० वटा सन्देशका साथै ६० एमबी डाटा एक महिनाभित्र उपयोग गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्