Shikhar Insurance
National Life

कुलमानलाई खनालको साथः पोल भाडा सम्झौता गर्न सेवा प्रदायकलाई दुरसञ्चारको उर्दी, इन्टरनेटको मूल्य के होला ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १८:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेट कम्पनीलाई विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गरेर अघि बढ्न निर्देशन दिएको छ। दुरसञ्चारले कात्तिक मसान्तसम्ममा विद्युतको पोल प्रयोगको सम्झौता गर्न निर्देशन दिएको हो ।

निर्देशनमा भनिएको छ, “नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन इन्टरनेट सेवा सञ्चालन गरिरहेको सेवाप्रदायकहरुले विद्युतका पोलहरु प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वयं घोषणा गरी कात्तिक मसान्तभित्र नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गर्न जानकारी गराइन्छ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

यता दुरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक भने अब भाउ नबढाइ सम्झौता गर्न नसिने भन्दै अटेरी गरिरहेका छन् ।

विद्युत प्राधिकरणले तार काट्न थाल्दा दुरसञ्चार प्राधिकरण मौन थियो । अहिले भने दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको साथ दिएका हुन् । दुरसञ्चार प्राधिकरण इन्टरनेट तथा टेलिफोन सेवाको नियमनकारी निकाय हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्